राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।
संघीय संसद भवन नयाँ बानेश्वरमा संसदको दुबै सदनको सयुक्त बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी हुन् ।
सरकारले बजेट ल्याउनुअघि आफ्नो एक वर्षे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने प्रावधान रहेको छ । सोहि नीति तथा कार्यक्रमका आधारमा अर्थमन्त्रीले वार्षिक बजेट पेश गर्नेछन् । जेठ १५ गते सरकारको वार्षिक बजेट पेश गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गरी आगामी आर्थिक वर्षका लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । बैठकमा भाग लिन मन्त्रिगण, दुवै सदनका सदस्य, विशिष्ट पदाधिकारीलगायतको उस्थित रहेको छ ।
नेपालको संविधानबमोजिम हरेक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएकाले त्यसको दुई साताअघि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । यसअघि संसद्मा पूर्व बजेट छलफल भइसकेको छ ।
यसअघि सांसद्हरुको कोरोना भाइरस परीक्षण गरिसकिएको छ भने हरेक बैठकमा प्रवेश बैठककक्ष बाहिर तापक्रम जाँच र स्यानिटाइजर लगाउने प्रबन्ध गरिएको छ । भौतिक दूरीसहित तर्जुमा गरिएको बैठक कक्षा सांसद सबैले मास्क लगाएर प्रवेश गरेका छन् ।
राष्ट्रपतिको सम्बोधन सकिएपछि साँझ ६ बजे दोस्रो बैठक बस्ने कार्यतालिका छ ।