logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाका कारण नेपालमा कोही मर्नु पर्दैन : राष्ट्रपति भण्डारी


अंकुरण खबर
3.185K
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोभिड-१९ महामारीमुक्त देश बनाउनु सरकारको पहिलो प्राथमिकता भएको बताएकी छन् ।

शुक्रबार संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारले व्यापक परीक्षण, औषधि उपकरण तथा स्वास्थ्यकर्मीको पर्याप्त परिचालन गरी नेपालमा कोही व्यक्तिको पनि ज्यान जान नदिने नीति सरकारले लिएको बताईन् ।

साथै विश्वको साझा अदृश्य दुश्मन कोरोना विरुद्ध मानवजातिले कसरी जित्न सकिएला भन्ने चिन्ता सर्वत्र रहेको पनि उनले बताइन् ।