लकडाउनका कारण भारतको सीमा नाकामा रोकिएका कर्णालीका करिब ६ सय बढी आउने भएका छन् ।
दैलेख, जाजरकोट, जुम्ला, सुर्खेत लगायतका जिल्लाका नागरिक भित्रिन लागेका हुन् । बिहीबार नेपालगन्जको जमुनाहा हुँदै नेपाल आएका उनीहरुलाई शुक्रबार आरडिटी परीक्षण गरेर घर पठाइँदै घर पठाउन लागिएको हो ।
भारतका विभिन्न सहरमा काम गर्दै आएका उनीहरू लकडाउनको समयमा भारतीय क्वारेन्टाइनमा बसेका थिए । भारतीय क्वारेन्टाइनमा करिब ४५ दिन बसेका उनीहरूलाई बिहीबार दुवै मुलुकका सुरक्षा अधिकारीबीचको समन्वयमा नेपाल फर्काइएको हो ।
भारतबाट आएकालाई कर्णाली प्रदेश सरकारले क्वारेन्टाइनमा राख्ने तयारी थालेका छ ।