अत्यधिक रक्तश्राव भएकी सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापामगरको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको हो ।
आज बिहान थापाले शल्यक्रियामार्फत बच्चा निकालिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल रेफर गर्नु परेको अस्पतालले जनाएको छ ।