logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार


अंकुरण खबर
4.459K
Shares

अत्यधिक रक्तश्राव भएकी सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बागलुङ नगरपालिका–११ रायडाँडाकी २८ वर्षीया पवित्रा थापामगरको हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याइएको हो ।

आज बिहान थापाले शल्यक्रियामार्फत बच्चा निकालिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि काठमाडौंस्थित टिचिङ अस्पताल रेफर गर्नु परेको अस्पतालले जनाएको छ ।