दाङका तीन कोरोना संक्रमितमध्ये १ जना काठमाडौं त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) का स्वास्थ्यकर्मी रहेको खुलेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका ३४ वर्षीय संक्रमित पुरुष टिचिङ अस्पतालका कार्यरत भएको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिए ।
ति स्वास्थ्यकर्मीलाई बिरामीको उपचारका क्रममा संक्रमण भएको आशंका गरिएको छ । केही दिनअघि टिचिङ अस्पतालमा उपचाररत कपिलवस्तुकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसअघि रुपन्देही र पर्साका स्वास्थ्यकर्मीहरूमा पनि कोरोना देखिएको थियो ।
नेपालमा हालसम्म कुल संक्रमितको संख्या २ सय ६७ पुगेको छ भने ३६ जना उपचारपछि निको भएका छन् ।