logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोना भाइरस संक्रमणबाट ३ लाख ७ हजार बढीको मृत्यु, ४५ लाख ३८ हजार बढी संक्रमित, १७ लाख ५४ हजार कोरोना मुक्त


अंकुरण खबर
741
Shares

विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस संक्रमणका कारण ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ भने ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित भएका छन् ।

कोरोनाको प्रभाव सबै भन्दा बढी अमेरिकामा परेको छ । हालसम्म अमेरिकामा ८७ हजार ५ सय ३० जनाको मृत्यु भएको छ भने, १४ लाख ४२ हजार ८ सय १९ जना संक्रमित भएका छन् । इटलीमा संक्रमितको संख्या २ लाख २३ हजार पुगेको छ र मृतक संख्या ३१ हजार ६ सय १० पुगेको छ । ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जना संक्रमित भएका छन् र १४ हजार ८ सय १७ जनाको मृत्यु भएको छ ।

त्यस्तै रसियामा २ लाख ६२ हजार ८ सय ४३ जना संक्रमित भएका छन् भने २ हजार ४ सय १८ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ३८ हजार संक्रमित छन् भने मृतक संख्या ३४ हजार ७८ रहेको छ । स्पेनमा २ लाख ३० हजार १ सय ८३ संक्रमित छन् भने २७ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ७९ हजार ६ सय ३० जना संक्रमित भएका छन् र २७ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।कोरोना भाइरसको संक्रमणबाट हालसम्म १७ लाख ५४ हजार मानिस निको भएका छन् ।