आज २७ औं मदनआश्रित स्मृति दिवस, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दासढुंगा प्रकरणकोे गहिरो अन्वेषण गर्ने प्रतिवद्धता जनाएका छन् ।
मदनआश्रित स्मृति दिवस तथा पार्टी एकताको दोस्रो बर्ष भएको अवसरमा अध्यक्षद्धय ओली र प्रचण्डले संयुक्त रुपमा वक्तव्य जारी गर्दै यस्तो प्रतिवद्धता जनाएका हुन् । रहस्यमय यो दुर्घटनाको यथार्थ बाहिर ल्याउन नसकेको भन्दै नेकपाका नेताहरुलाई प्रश्न उठने लगरेको छ ।
अध्यक्षद्धय ओली–प्रचण्डले मदन आश्रितका विचार,आदर्श र व्यावहारलाई अनुसरण गर्न सकेमात्र सच्चा कम्युनिष्ट हुने र नेपाले बिकासमा कायापलट गर्ने जनाएका छन् । उनीहरुको बिचारको सबै आत्मसाथ गर्ने पनि प्रतिवद्धता जनाएका छन् ।
जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते दासढुंगा दुर्घटनामा मृत्यु भएको थियो ।