logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपाली सेनाका २ जनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि ,उपचारको लागि एपीएफ अस्पतालमा ल्याइँदै


अंकुरण खबर
2.444K
Shares

पहिलो चोटी नेपाली सेनामा कार्यरत २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जनाए अनुसार मध्य पृतना महोत्तरीमा कार्यरत महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय एक युवकमा कोरोना लागेको हो ।

उनीहरूलाई बलम्बुको सशस्त्र प्रहरीको कोभिड १९ अस्पतालमा ल्याउने तयारी सुरु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।