प्रतिनिधिसभामा आइतबार र सोमबार सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ ।
प्रतिनिधिसभाको आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले दुई दिनका लागि मात्रै सरकारको नीति तथा कार्यक्रम माथि छलफल गर्ने निर्णय गरेको हो।
कोरोनाको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गरेर सबै स्वास्थ्य सचेतना अपनाइने भएको छ । बैठकले सम्पूर्ण सुरक्षा सतर्कता अपनाएर छलफल सञ्चालन गर्ने, सांसदहरुलाई पहिले आफू बसेको सिट परिवर्तन नगर्न अनुरोध गर्ने, छलफल छोटो बनाउने र यही जेठ ६ गते छलफलका क्रममा उठेका प्रश्नको प्रधानन्त्रीले जवाफ दिने गरी व्यवस्था गर्ने निर्णय भएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् ।