डुम्रे वेंशीशहर सडकखण्डअन्तर्गत तनहुँको भानु नगरपालिका–१ अँधेरीखोलामा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
आज सोही नपा वडा नं १ भन्सार बस्ने १८ वर्षीय नवीन परियारको मृत्यु भएको हो । भन्सारबाट पुर्कोटतर्फ ढुङ्गा लिएर जाँदै गरेको ग१त ५५०२ नंको ट्र्याक्टरमा सवार परियारको ट्र्याक्टरबाट लडेर घाइते भई लक्ष्मी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीले ट्र्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ ।