logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राति पिसाब फेर्न निस्किएकी बालिका बलात्कारको आरोपमा पक्राउ


अंकुरण खबर
728
Shares

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

मध्यनेपाल नगरपालिका वाड नम्बर ६ भोर्लेटारका २५ वर्षीय सोनम धिङ्गाललाई जिल्ला प्रहरी कार्यालय तनहुँले बलात्कार गरेको आरोपमा दमौलीबाट पक्राउ गरी लमजुङ जिल्ला प्रहरीलाई बुझाएको छ ।

मध्यनेपाल–६ की १३ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा पक्राउ परेका सोनामलाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक ‌ओमप्रकाश पुनले बताएका छन् ।

धिङ्गालले राति साढे नौ बजेतिर घर नजिकै पिसाब फेर्न निस्किएको बालिकालाई मुख थुनी एकान्तमा लगी बलात्कार गरेको प्रहरीको भनाइ छ ।

बालिकाले राति रुँदै आमालाई ढोका खोल्न अनुरोध गरेपछि घटना सार्वजनिक भएको थियो ।