नेपालमा थप १० जनामा कोरोना संक्रमित (कोभिड-१९) पुष्टि भएको छ ।
आइतबार रौतहटमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १० जना संक्रमित सबै रौतहटका हुन् ।
राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ४२, ४८ वर्षीय पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९१ पुगेको छ । जसमा ३६ जना निको भएका छन् भने एक जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
