logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा अलपत्र परेका २९ जनाको उद्धार गरी क्वारेन्टाइनमा राखियो


अंकुरण खबर
767
Shares

भारतबाट जिल्लामा आएका २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

सीमामा अलपत्र परेर सरकारले उद्धार गरेका २९ जनालाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश श्रेष्ठले जानकारी दिए ।

शनिवार मध्यरात १ बजे गाडीमा पुगेका उनीहरुलाई सुरक्षाको निगरानीमा कर्णाली प्राविधिक शिक्षालयमा पुर्याइएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाका अनुसार भारतबाट सरकारको निगरानीमा आएका मध्य २५ जना हिमा गाउँपालिकाका, १ जना सिञ्जा, १ जना तिला, १ जना हुम्ला र १ जना मुगुका गरी २९ जना रहेका छन् ।

भारतमा ४५ दिन अलपत्र परेर जिल्लामा आएका नागरिकले सरकारले उद्धार गरेकामा खुशी व्यक्त गरेका छन् ।

जुम्लामा अहिलेसम्म कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन ।