logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट मृत्यु भएकी महिलाको सम्पर्कमा आएका ५५ जनाको स्वाब संकलन सुरु


अंकुरण खबर
845
Shares

काभ्रेको धुलिखेल अस्पतालमा सिन्धुपाल्चोककी एक महिलाको कोरोना संक्रमणका कारण मृत्युु भएपछि जिल्लावासी त्रसित भएका छन् ।

थप जोखिम बढ्न नदिन मृतक महिलाको घर र माइती दुवै क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले सिल गरिसकेको छ ।

उनको सम्पर्कमा आएकाहरुको पहिचान गरि स्वाब नमुना संकलन गर्न सुरु गरिएको छ ।

मृतक महिलाको सम्पर्कमा आएका करिब ५५ जनाको पहिचान खुलेकाले उनीहरुको स्वाव संकलन गर्न थालिएको हो । सम्पर्कमा आएको अन्यको पनि खोजी भइरहेको जनाइएको छ ।

पहिलो चरणमा महिलाको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको परिक्षण गरिने छ भने भने त्यसपछि दोस्रो चरणका व्यक्तिहरुको परिक्षण गरिने स्वास्थ्य कार्यालय चौताराका प्रमुख दुर्गादत्त चापागाईंले बताए ।