कास्कीका पत्रकारको पनि कोरोना भाइरसको परीक्षण गर्न सुरु गरिएको छ ।
फिल्ड रिपोर्टिङमा खटिएका कास्कीका पत्रकारहरुको शनिबारदेखि कोभिड-१९ को परीक्षण (स्याम्पल टेस्ट) गर्न सुरु गरिएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए ।
प्रतिनिधिमूलक ढंगले स्याम्पल टेस्ट गर्ने क्रममा शनिबार पोखराका २ जना पत्रकारहरुको कोभिड-१९ को परीक्षण पिसिआर विधिबाट गर्दा दुबै जनाको नतिजा नेगेटिभ आएको थियो ।
कास्कीले समय क्रममा यथाशिघ्र फिल्डमा सक्रिय सबै पत्रकारको कोरोना परीक्षण गर्ने तयारी गरेको महासंघले जनाएको छ ।