logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज थपिएका दशै जना संक्रमित भारतबाट आएका


अंकुरण खबर
1.17K
Shares

आज थपिएका दशै जना कोरोना संक्रमित भारतबाट आएको खुलेको छ ।

थपिएका दशै जना संक्रमित भारतबाट आएको स्थानीय जनप्रतिनिधिहरूले जनाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतबार बिहान थप १० जनामा सङ्क्रमण पुष्टि गर्दै ती सबै रौतहट जिल्लाका भएको जनाएको छ ।

मन्त्रालयका अनुसार नयाँ सङ्क्रमित राजपुर नगरपालिका वडा नम्बर नौका सातजना र ईशनाथ नगरपालिकाका तीनजना छन्। सङ्क्रमित भएको पुष्टि भएपछि राजपुर नगरपालिकाका नगरप्रमुख मोहम्मद सकिल अख्तरको तनाव थपिएको छ ।