काठमाडौ प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा स्वास्थकर्मीलाई दुव्यवहार गरेको आरोपमा एक युवा पक्राउ परेको छन् ।
पक्राउ पर्नेमा चन्द्रागिरिका उत्तम कार्की रहेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले कार्कीलाई पक्राउ गरिएको जानकारी दिए ।
कोरोना संक्रमणको जोखिम नियन्त्रणका लागि खटिएको भन्दै शुक्रबार दिउँसो कार्कीको टोलीले बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुव्र्ययवहार गरेका थिए । उत्तमको समुहले डा. कार्कीको झोला खानतलासी गर्दै फेशबुक लाईभ गरेका थिए ।