logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोरोनाबाट मृत्यु भएकी महिलाको शिशु धुलिखेल अस्पतालको आइसोलेसनमा


अंकुरण खबर
871
Shares

कोरोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको शिशुलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ ।

शिशुलाई जण्डिस देखिएकाले बालरोग विषेशज्ञको निगरानीमा अस्पतालमा राखिएको हो । शनिबार मृत्यु भएकी महिलाले गत वैशाख २४ गते त्रिवि शिक्षण अस्पतालमा गर्भवती भएको सातौं महिनामा महिना नपुग्दै बच्चालाई जन्म दिएकी थिइन् ।

मृतक महिलालाई कोरोना पुष्टि भइसकेपछि उनको उपचारमा संलग्न १० जना चिकित्सक एवं स्वास्थ्यकर्मीलाई क्वारेनटाइनमा राखिएको छ ।