logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

काठमाडौंको कपनमा एक युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त क्षेत्र सिल


अंकुरण खबर
1.391K
Shares

काठमाडौंको बुढानिलकण्ठ-१२ कपन स्थित तेन्जिङ चोकमा बसोबास गर्ने १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ।

सर्लाहीको रामनगर स्थायी घर भई हाल कपन बसोबास गर्दै आएकी उक्त युवतीमा कोभिड-१९ पोजेटिभ देखिएपछि युवती बसोबास गर्ने क्षेत्रदेखि १५० मिटर वरपर सिल गरिएको बूढानीलकण्ड नगरपालिकाका प्रवक्ता नवराज भट्टराईले जानकारी दिए।

पिसिआर परीक्षणमा पोजेटिभ आएसँगै युवतीलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुको आइसोलेशनमा राखिएको छ । युवतीका आमा र भाइको रिपोर्ट भने नेगेटिभ आएकोे परिवारले जानकारी दिएको छ।

युवतीको परिवारले कपनमा फर्निचर व्यवसाय गर्दै आएको थियो। युवतीको रिपोर्टमा पोजेटिभ आएपछि थप सतर्कता अपनाउनका लागि वडा सिल गर्ने तयारी रहेको प्रवक्ता भट्टराईले बताए।