बाँकेको क्वारेन्टाइन रहेका बेला आज बिहान मृत्यु भएका युवकमा कोराना पुष्टि भएको छ ।
स्वाब संकलन गरि गरिएको परिक्षणमा उनमा कोरोना पोजेटिभ पाइएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले नियमित पत्रकार सम्मेलनका क्रममा दोस्रो निधन भएको पुष्टि गरेका छन् ।
वैशाख ३० गते भारतबाट आएका २५ वर्षका युवा नरैनापुरको दिपेन्द्र मावि, भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका थिए । उनको शनिबार मात्रै स्वाब संकलन गरी कोरोनाको लागि पीसीआर परीक्षण गर्न लगिएको थियो ।
राति तीन बजे एक्कासी वान्ता हुनुका साथै ज्वरो बढेपछि आज बिहान ६ बजेर ४० मिनेट जाँदा उनको मृत्यु भएको थियो। उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो ।
मृतकको शव अहिले पनि स्कुलमै छ । शवको नजिक कोही गएका छैनन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।