logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भारतमा जेठ १८ सम्म लम्बियो लकडाउन


अंकुरण खबर
949
Shares

भारत सरकारले लकडाउनको अवधि मे ३१ अर्थात जेठ १८ सम्म लम्ब्याएको छ ।

भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो। यसअघि प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका थिए । लकडाउनसम्वन्धी निर्देशिका केही बेरमा सार्वजनिक गरिँदैछ ।

गत चैत १२ गतेबाट भारतले लकडाउन घोषणा गरेको हो। भारतमा हालसम्म ९१ हजार बढी संक्रमित छन् भने २ हजार ८ सय बढीले ज्यान गुमाएका छन् ।

त्यस्तै ३४ हजार ५ सय जना निको भएका छन् । उच्च संक्रमितको संख्याका आधारमा भारत ११ औं स्थानमा छ ।