logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कालीगण्डकीमा एम्बुलेन्स खस्दा चालक बेपत्ता, खोजीकार्य जारी


अंकुरण खबर
1.3K
Shares

म्याग्दीमा एम्बुलेन्स काली गण्डकी नदीमा खस्दा चालक बेपत्ता भएका छन्।

आइतबार मुस्ताङदेखि सुत्केरी लिन पोखरातर्फ जादै गरेको ग १ झ ३११ नम्बरको एम्बुलेन्स म्याग्दीको रघुगंगा गाउँपालिका–२ रिठाबोट भन्ने ठाउँमा बेनी जोमसोम सडकबाट एक सय मिटर तल कालीगण्डकीमा खसेको हो।

प्रहरीका अनुसार एम्बुलेन्स चालक थासाङ गाउँपालिका-४ का सुजन बिक बेपत्ता भएका छन् । एम्बुलेन्समा चालक मात्रै रहेका थिए।

एम्बुलेन्सको अवशेष कालीगण्डकीमा देखिएको छ । नेपाल प्रहरी, सेना र शसत्रको टोली बेपत्ता चालकको खोजीकार्य जारी छ ।