नेपालमा लकडाउन पुनः जेठ २० गतेसम्म जारी रहने भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले लकडाउन यही २० गतेसम्म लम्ब्याउने निर्णय गरेको हो । यसअघि बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो ।
कोरोना संक्रमणका कारण मानिसको मृत्यु हुन थालेपछि लकडाउनलाई थप कडाई गर्ने र कोरोना नियन्त्रणको सबै तरिका अबलम्वन गर्ने सरकारले निर्णय गरेको छ ।
सरकारले यसअघि कायम गरेको लकडाउनको अवधि सोमबार मध्यरातदेखि सकिदैछ ।