नेपालमा आज (सोमबार) बिहानै थप नौं जनामा कोरोना संक्रमण फेला परेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षण अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ।
रौतहटमा २१ देखि ३० वर्षसम्ममा सात जना पुरुष र २८ वर्षकी एक महिला र बारामा ३८ वर्षका एक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
योसँग नेपालमा संक्रमितको संख्या ३०४ पुगेको छ । संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।
