logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

नेपालमा कोरोनाबाट मृत्यु भएका २ जनामा फरक–फरक लक्षण देखियो


अंकुरण खबर
1.625K
Shares

कोरोनाबाट मृत्यु भएका २ जनामा फरक(फरक लक्षण देखिएको छ।

धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी २९ वर्षीया महिलामा सुख्खा खोकी, श्वासप्रश्वासमा समस्याका साथै निमोनिया देखिएको थियो। यसैगरी, आइतबार बाँकेको नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकलाई करिब दुई घण्टासम्म बान्ता भएको थियो।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले पहिलो मृत्युको एक्सरे प्रतिवेदनमा दुवै फोक्सोमा निमोनिया देखिएको बताए। अर्का युवकको भने थप रिपोर्ट आउन बाँकी रहेको चिकित्सकले जनाएका छन्।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु भएको पुष्टि २ जनामा भएको छ। यस्तै हालसम्म कोरोना संक्रमितको संख्या ३०४ पुगेको छ भने ३६ जना चाहिँ निको भएका छन्।

कोरोना संक्रमणकै कारण नेपालमा गत चैत ११ गतेदेखि लकडाउन जारी छ र यो क्रम जेठ २० सम्म जारी रहनेछ। आजको कान्तिपुर दैनिकमा खबर छ।