logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

आज दिनभर देशभरको मौसम कस्तो रहला ?


अंकुरण खबर
3.315K
Shares

पहाडी क्षेत्रमा आंशिक बदली रहे पनि देशका अरु क्षेत्रको मौसम सोमबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रको मौसम बदली हुने देखिएको हो । अरु क्षेत्रमा भने सोमबार मौसम सफा नै रहने छ । अहिले पहाडी भू-भागका केही स्थानमा आंशिक बदली भएको छ भने बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

सोमबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् ।

पहाडका एक-दुई स्थानमा अपराहन्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका एक–दुई स्थानमा अपराहन्नपछि मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।