logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

गुल्मीका कोरोना संक्रमित पुरुष भेटिएपछि, क्रिमसन अस्पताल सील


अंकुरण खबर
819
Shares

गुल्मीमा सोमबार पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएको छ । मदाने गाँउपालिका वडा नम्बर २ का पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

गएको जेठ १ गते उपचारको लागि रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा ल्याइएका ४१ वर्षीय ती पुरुषको आईसीयूमा राखेर उपचार भइरहेको छ । उनी श्वासप्रश्वासका बिरामी हुन ।

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरिएको थियो । उपचाररत बिरामीमा कोरोना पुष्टि भएपछि क्रिमसन अस्पताल सिल गरिएको छ । उनको सम्पर्कमा आएकाहरुको स्वाब परीक्षण गर्नका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।