प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सरकारी निवास वालुवाटारमा साँझ ६ बजेका लागि बैठक बोलाइएको हो। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २० गतेसम्म लकडाउन लब्याउने निर्णय गरेको थियो। बैठकमा विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने विषयमा छलफल पनि भएको थियो।
आजको बैठकमा कोरोना संक्रमणको अवस्था, विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने लगायतका विषयमा छलफल हुने बताइएको छ। विदेशमा रहेका नेपालीहरुले स्वदेश फर्काउन माग गरिरहेका छन्।
उता, हालसम्म कोरोना संक्रमितको संख्या ३५७ जना पुगेको छ भने २ जनाको मृत्यु भएको छ।