बाँकेमा कोरोना संक्रमण देखिएका ४७ जना पछिल्लो समय भारतबाट आएर क्वारेन्टाइमा रहेका व्यक्तिहरु भएको पाइएको छ ।
भेरी अस्पतालका प्रमूख डाक्टर प्रकश बहादुर थापाका अनुसार आज संक्रमण पुष्टि भएका बाँकेका ४७ जना भारतबाट केही समयअघि नेपाल फर्किएका व्यक्ति हुन् ।
डा. थापाका अनुसार नरैनापुर गाउँपालिकाले ३ वटा क्वारेन्टाइमा रहेकाहरुको नमूना संकलन गरी कोरोना परीक्षण गर्ने क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भारतबाट आएर गाउँपालिकाले व्यवस्थापन गरेको तीनवटा क्वारेन्टाइन स्थलमा रहेका २ सय ६३ जनाको नमूना संकलन गरी भेरी अस्पतालको प्रयोगशालामा परीक्षणका लागि ल्याइएको थियो ।
क्वारेन्टाइन स्थालमा रहेका अन्य व्यक्तिहरुको पनि कोरोना परीक्षणको क्रम जारी रहेको छ । डा. थापाका अनुसार आज संक्रमण पुष्टि भएका ४७ जना क्वारेन्टाइमै रहेका थिए ।