logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कपिलवस्तु अस्पतालका १०४ जनाको रिपोर्ट नेगेटिभ


अंकुरण खबर
845
Shares

कपिलवस्तु जिल्ला अस्पतालमा संकलन गरिएका १०४ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

भैरहवास्थित प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. किशोर बञ्जाडेले जानकारी दिए।

अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको स्वाब संकलन गरि भैरहवास्थित प्रयोगशालामा पठाइएको थियो।

यसअघि अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारी सुरक्षाकर्मी लगायतका सबैको स्वाब संकलन गरिएको थियो।