logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

श्रीमतीको योजनामा श्रीमानको हत्या


अंकुरण खबर
806
Shares

मोरङमा श्रीमतीकै योजनामा श्रीमानको हत्या भएको खुलेको छ।

आइतबार इटहरी उपमहानगरपालिका-१२ घर भई विराटनगर महानगरपालिका-१० मधुमारामा देवी पाथीभरा फार्मेसीका सञ्चालक ३३ वर्षीय देवीप्रसाद दुलालको हत्या आफ्नै श्रीमतीको योजनामा भएको पुष्टि भएको हो।

हत्याको आरोपमा प्रहरीले उनकी श्रीमतीसहित दुई कामदारलाई पनि नियन्त्रणमा लिएको छ। हत्यामा संलग्न श्रीमती मिना श्रेष्ठ दुलाल, फार्मेसीमा काम गर्ने २१ वर्षीय ब्रह्मदेव साह र २० बर्षीय सोनु साहलाई प्रहरीले पक्राउ गरेको हो।

प्रहरीले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको छ।

आइतबार दुलाल कोठामा बेहोस अवस्थामा भेटिएको भन्दै विराटनगरको गोल्डेन अस्पताल लगिँदै थियो। सोही क्रममा बाटोमै उनको मृत्यु भएको भन्ने खबर प्रहरीले पाएको थियो। तर प्रहरीले हत्या गरेको आशंकामा थप अनुसन्धान थालेको थियो।

अनुसन्धानमा आफ्नै श्रीमतीको योजनामा हत्या भएको खुलेको प्रहरीले जनाएको छ।