logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

डब्ल्यूएचओलाई ट्रम्पको ३० दिने अल्टिमेटम


अंकुरण खबर
1.456K
Shares

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का प्रमुख डा. टेड्रोस अधानम गेब्रेयेसुसलाई ‘ठोस सुधार’का लागि ३० दिनको  म्याद (अल्टिमेटम) दिएका छन् ।

उनले यो समयमा डब्ल्यूएचओले माग पूरा नगरेको खण्डमा अमेरिकाले दिँदै आएको सहयोग स्थायी रुपमा बन्द गर्ने चेतावनी दिएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्रम्पले डब्ल्यूएचओका प्रमुखलाई पठाएको पत्र पोष्ट गरेका छन् । यो पत्रमा उनले डब्ल्यूएचओले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि आवश्यक कदम नचालेको भन्दै आलोचना गरिएको छ ।

ट्रम्पले डब्ल्यूएचओले चीनको वुहानबाट फैलिएको यो महामारीबारे प्राप्त भएको विश्वसनीय प्रतिवेदनलाई पनि बेवास्ता गर्दै आएको आरोप लगाए ।

ट्रम्पले डब्ल्यूएचओले निरन्तर चीनको प्रशंसा गरेकोमा पनि आपत्ति जनाएका छन् । ट्रम्पले डब्ल्यूएचओले आफ्नो सुधारको मागलाई अस्वीकार गरेको खण्डमा स्थायी रुपमा सहयोग रोक्नुका साथै डब्ल्यूएचओको सदस्यको रुपमा रहने वा नरहने भन्ने विषयमा पनि अमेरिकाले पुनर्विचार गर्न सक्ने बताएका छन् । बीबीसी