logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

छिमेकी मुलुक भारतमा कोरोनाबाट ३१५६ को मृत्यु


अंकुरण खबर
1.846K
Shares

तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट छिमेकी मुलुक भारतमा मंगलबार बिहानसम्ममा ३ हजार १ सय ५६ जनाको मृत्यु भएको छ । भने एक लाख १ हजार १ सय ४२ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा अर्थात सोमबार मात्रै ४ हजार ६ सय ३० जना संक्रमित भएका छन् भने १ सय ३१ जनाको मृत्यु भएको छ। यस्तै आइतबार ५ हजार ५० जनामा संक्रमण पुष्टि भएको थियो भने १ सय ५४ जनाको मृत्यु भएको थियो ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको महाराष्ट्र राज्यमा ३५ हजार ५८ जना संक्रमित भएका छन् भने १ हजार २ सय ४९ जनाको मृत्यु भएको छ । तमिलनाडुमा ११ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ भने ८२ जनाको मृत्यु भएको छ ।

गुजरातमा ११ हजार ७ सय ४६ जना संक्रमित भएका छन् भने ६ सय ९४ जनाको मृत्यु भएको छ । यस्तै दिल्लीमा १० हजार ५४ जना संक्रमण पुष्टि भएको छ भने १ सय ६० जनाको मृत्यु भएको छ।