logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

झापामा ९ र सुनसरीमा २ जनामा कोरोना संक्रमण पुष्टि


अंकुरण खबर
1.599K
Shares

मंगलबार प्रदेश १ मा थप ११ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितहरूमध्ये झापाको कचनकवल गाउँपालिकाका ९ जना र सुनसरीका दुई जना छन्। सुनसरीमा देखिएका दुई जनामध्ये एक जना सशस्त्र प्रहरी रहेको खुलेको छ ।

झापामा थपिएका संक्रमितहरू भारतबाट आएका हुन् । योसँगै कोरोना संक्रमितको संख्या ३ सय ९० पुगेको छ ।

आजै मात्र कपिलवस्तुमा ४ जना संक्रमित थपिएका हुन् । उनीहरू जिल्लाको मायादेवी गाउँपालिकाका हुन् ।