माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सङक्रमण कारण ज्यान गुमाउनेको संख्या ३ लाख २० हजार नाघेको छ ।
विश्वभर हालसम्म ३ लाख २० हजार १ सय ८० को मृत्यु भएको छ । कुल संक्रमितको संख्या ४८ लाख ९४ हजार ९८ रहेको छ ।
हालसम्म १९ लाख ८ हजार ६४ कोरोना संक्रमित उपचार पछि निको भइकेका छन् । २६ लाख ६५ हजारभन्दा बढी उपचाररत छन् भने ४७ हजार ७६७ को अवस्था गम्भीर रहेको छ ।
विश्वमा सबैभन्दा बढी ग्रस्ति अमेरिकामा हालसम्म ९१ हजार ९१८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १५ लाख ५० हजार २९४ रहेका छन् । अमेरिकामा १६ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।
इटलीमा ३२ हजार ७ , स्पेनमा २७ हजार ७०९, फ्रान्समा २८ हजार २३९ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।
नेपालमा हालसम्म ३७५ जना कोरोना सङक्रमित भएका छन। जसमध्ये ३६ जना उपचार पछि निको भएर घर फर्किसकेका छन भने अन्यको उपचार भइरहेका छन ।