चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।
रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । बिरामी ४ महिनादेखि टिबीको औषधि लिइरहेको अस्पतालले जनाएको छ ।
उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।
उनको मृत्युको कारण खुलेको छैन । सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड-१९ परीक्षण प्रयोगशाला पठाइएको छ ।