logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

भरतपुर अस्पतालको आईसीयूमा उपचाररत एक बिरामीको मृत्यु


अंकुरण खबर
4.355K
Shares

चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ ।

रौतहटको परोहा नगरपालिका ८ का ६८ बर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको हो । बिरामी ४ महिनादेखि टिबीको औषधि लिइरहेको अस्पतालले जनाएको छ ।

उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।

उनको मृत्युको कारण खुलेको छैन । सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड-१९ परीक्षण प्रयोगशाला पठाइएको छ ।