logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चक्रवात अंपुनको प्रभाव : तीन दिन मेघ गर्जनसहित वर्षाको सम्भावना


अंकुरण खबर
858
Shares

बंगालको खाडीमा बनेको अम्पोन नामक चक्रवातको असर नेपालमा देखिन थालेको छ।

चक्रवातको प्रभावका कारण आज (मंगलबा)देखि नेपालमा पनि पानी पर्न थाल्ने र पूर्वी तथा मध्य क्षेत्रमा लगातार पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसको प्रभाव तीन दिनसम्म देखिन सक्नेछ भने ठाउँ ठाउँमा हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । पश्चिमको तुलनामा पूर्व र मध्य क्षेत्रमा यसको प्रभाव धेरै पर्ने अनुमान गरिएको छ ।

अहिले काठमाडौंसहित मध्य र पूर्वी क्षेत्रमा आकाश धुम्मिएको छ । केहि ठाउँमा हावा हुरीसहित वर्षाको हुने अनुमान गरिएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।

उनका अनुसार त्यस शक्तिशाली चक्रवातको बाहिरी घेराको बादल मात्र अहिले नेपाल आइरहेको छ । सोहि कारण आज बिहानै काठमाडौंलगायत आसापासका क्षेत्रमा वर्षा भएको हो।

यसको असर बिस्तारै बढ्दै जाने उनले बताइन् ।

यस्तो हुनेछ आगामी तीन दिनको मौसम:

जेठ ६ गते (मंगलबार)

दिउँसोः देशको पूर्व र मध्य भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ।मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको पूर्व र मध्य भू९भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भू-भागका थोरै स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ ७ गते (बुधबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही पश्चिमी भू-भागका केही स्थानहरुमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भू९भागका केही स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य तथा पूर्वी भू-भागहरुमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ ८ गते (बिहीबार)

दिउँसोः देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिम भू-भागहरुमा सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राति: देशको मध्य तथा पूर्वी भू-भागहरुमा पूर्ण बदली रही पश्चिम भू-भागहरुमा सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भागका केही र पश्चिमका थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।