logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


अंकुरण खबर
1.287K
Shares

आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम संघीय संसद्को प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गरेको आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि मंगलबार बहुमतले पारित भएको छ ।

बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन्। यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ । विभिन्न राजनीतिक दल र नेताहरुले सरकारको नीति तथा कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना गर्दै आइरहेका थिए ।

नीति तथा कार्यक्रम पारित भएसँगै प्रतिनिधि सभाको अर्को बैठक २०७७ साल जेठ १३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ।