logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


अंकुरण खबर
2.236K
Shares

माछा मार्ने क्रममा करेन्ट लागेर कैलालीमा एक जनाको मृत्यु भएको छ ।

सोमबार राति कैलालीको जानकी गाउँपालिका-१ भुर्साका २१ वर्षीय प्रकाश चौधरीको कर्णाली नदीबाट आएको नहरमा माछा मार्ने क्रममा करेन्ट लाग्दा मृत्यु भएको हो ।

उनीसंगै माछा मार्न गएका स्थानीयवासी २५ वर्षीय हरि चौधरी, २० वर्षीय निराजन चौधरी, २५ वर्षीय देव चौधरी र २२ वर्षीय दीपेश चौधरीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।