logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मृतक महिलाको सम्पर्कमा आएका ५३ जनाको रिपोर्ट  नेगेटिभ


अंकुरण खबर
806
Shares

गत बिहीबार राति धुलिखेल अस्पतालमा मृत्यु भएको  सिन्धुपाल्चोककी महिलाको घरपरिवार तथा छिमेकमा गरिएको परीक्षणमा ५३ जनाको रिपोर्ट निगेटिभ आएको छ।

नगरपालिकाकी उपप्रमुख सुशीला पाख्रिनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५३ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

५६ जनाको नमुना संकलन गरिएकोमा तीन जनाको स्वाब सोमबार पुनः प्रयोगशाला पठाइएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेका स्वास्थ्यकर्मी, प्रशासनका कर्मचारी त्यस क्षेत्रका स्थानीय र सुरक्षाकर्मी समेत गरी सोमबार थप १ सय ३३ जनाको नमुना संकलन गरी पीसीआर परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएको  पाख्रिनले जानकारी दिइन् ।