मंगलबार काठमाडौ उपत्यकामा नै पाँच जना कोरोना संक्रमणका विरामी थपिएका छन् ।
मंगलबार थपिएका २७ जनामा पाँच जना काठमाडौं उपत्यकाका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै संक्रमितको संख्या ४ सय २ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा तीन तथा भक्तपुर र ललितपुरमा एक/एक जनामा संक्रमण पुष्टि भएको हो । उनीहरुको बसोबास र सम्पर्क भएका व्यक्तिका बारेमा कन्ट्याक ट्रेसिङको काम भइरहेको जनाइएको छ ।
यस्तै झापाका ९ जना, मोरङ र सुनसरीका एकएक जना, सर्लाहीका २ जना, मनवानपुर र रामेछाप, सिन्धुली र लमजुङका एक/एक जना कपिलवुस्तका चार र नवलपरासीका एक जनामा संक्रमण पुष्टि भएको छ ।
थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।