लमजुङमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार आज गरिएको परीक्षणका क्रममा लमजुङका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार उनको स्वास्थ्यअवस्था सामान्य रहेको छ भने उनी अहिले चिकित्सकको निगरानीमा रहेका छन् ।
नेपालमा आज थपिएका २७ जना कोरोना संक्रमित मध्ये लमजुङमा एक जनामा कोरोना पुष्टि भएको हो ।