logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नुवाकोटका ८ जनाको आरडिटी रिपोर्ट पोजेटिभ


अंकुरण खबर
2.379K
Shares

नुवाकोटमा ८ जनाको कोरोना परीक्षणमा शंकास्पद रिपोर्ट आएको छ ।

नुवाकोटको त्रिशुली अस्पतालमा १६३ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट(आरडिटी) परीक्षण गरिएको थियो ।

जिल्ला अस्पतालमा कार्यरत स्वास्थकर्मी र कर्मचारी लगायत १३६ जनाको आरडिटी परीक्षण गरिएकोमा ८ जनाको रिपोर्ट शंकास्पद आएको हो ।

साथै पिसिआर परीक्षणको लागी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको अस्पतालले जनाएको छ ।

अस्पतालका सुरक्षाकर्मी, काउन्टरमा बस्नेसहित ८ कर्मचारीको आरडिटी रिपोर्ट शंकास्पद देखिएको त्रिशुली अस्पलालका मेडिकल सुपरीटेन्डेन्ट डा रेमकुमार राइले एक प्रेस बिज्ञप्तीमार्फत जानकारी दिएका छन् ।