logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

भरतपुर अस्पतालको आईसीयूमा मृत्यु भएको बिरामीमा देखिएन कोरोना


अंकुरण खबर
780
Shares

चितवनको भरतपुर अस्पतालमा मृत्यु भएका ६८ वर्षका वृद्धमा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।

मंगलबार अस्पतालको आईसीयू कक्षमा उपचाररत रौतहटको परोहा नगरपालिका–८ का एक वृद्धको मृत्यु भएको थियो ।

ती वृद्धलाई कोरोना संक्रमण भएको आशंकामा भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा संक्रमण नभएको पाइएको भरतपुर अस्पतालले जनाएको छ ।

उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।