logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लकडाउनको समयमा काठमाडौंमा ड्युटीमा खटिएका दुई प्रहरीमा कोरोना पुष्टी


अंकुरण खबर
871
Shares

काठमाडौंमा कार्यारत दुई प्रहरीमा कोरोन संक्रमण देखिएको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीमा कार्यारत दुई जना प्रहरी कोरोना संक्रमण भएको देखिएको हो। प्रहरी नायव निरीक्षक( सई) र प्रहरी जवानमा कोरोना संक्रमण देखिएको एक प्रहरी अधिकृतले जानकारी दिए।

उनीहरु दुवैजना लकडाउनको समयमा फिल्डमा नै खटिएका थिए। महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले दुई प्रहरीमा संक्रमण देखिएको पुष्टी गरे।

यसअघि काठमाडौं र भक्तपुरमा कार्यारत सशस्त्र प्रहरी दुई जनालाई कोरोना संक्रमण भएको थियो। उनीहरुको अहिले अस्पतालमा उपचार भइरहेको छ।

त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा शनिवार संक्रमण पुष्टि भएको थियो।

त्यहाका दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।

कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । त्यस्तै बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।