logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

इंग्लिस प्रिमियर लिगका ६ खेलाडीलाई कोरोना संक्रमण


अंकुरण खबर
936
Shares

इंग्लिस प्रिमियर लिग फुटबलका ६ जना खेलाडी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

पहिलो चरणमा तीन क्लबका खेलाडीमा कोरोनाको परीक्षण गर्दा ६ जनामा पोजेटिभ देखिएको प्रिमियर लिगले जनाएको छ । लिगको प्रशिक्षण गर्ने क्रममा खेलाडी र कर्मचारी गरि ७ सय ४८ को परीक्षणको क्रममा उनीहरुमा संक्रमण भेटिएको हो ।

त्यसमध्ये वाट्फोर्डका एक खेलाडी र दुई कर्मचारी तथा बर्नलीका सहायक प्रशिक्षक ड्यान वोइन रहेका छन् । अरु दुई जना अर्को क्लबका खेलाडी रहेपनि उनीहरुको नाम भने खुलाइएको छैन ।

कोरोना पोजेटिभ देखिएका खेलाडीहरु सेल्फ क्वारेन्टाइनमा रहेको बताइएको छ । प्रिमियर लिगले क्लबलाई सानो प्रशिक्षणको अनुमति दिएको छ ।

कोरोनाको कारण गत मार्चबाट स्थगित प्रिमियर लिग जुनबाट सुचारु गर्ने तयारी छ । यस सिजन लिभरपुल उपाधि नजिक रहेको छ । लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि रहेको छ । एजेन्सी