logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रहरी वृत्त कालीमाटी सिल सबै प्रहरी क्वारेन्टाइनमा


अंकुरण खबर
1.404K
Shares

महानगरीय प्रहरी वृत्त, कालिमाटीका दुई जना प्रहरी अधिकृतमा कोरोना संक्रमण देखिएपछि पुरै वृत्त सिल गरिएको छ।

प्रहरी चौकीमा रहेका करिब डेढ सय प्रहरी अधिकृतलाई क्वारेन्टाइनमा राखिएको छ । महानगरीय प्रहरी वृत्त, कालिमाटी, कालिमाटी महिला सेल, ट्राफिक प्रहरी प्रभाग, मातहतको बल्खु, कलंकी र स्यूचाटारका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको हो।

सबै प्रहरी अधिकृत क्वारेन्टाइनमा राखिएपछि महानगरीय प्रहरी कार्यालय, रानीपोखरीले केही सहयोगी टोली कालिमाटी पठाएको छ।

रानीपोखरी र काठमाडौँ प्रहरी परिसर, टेकुबाट एक सय जनाको टोली पठाइएको सहयोगका लागि पठाइएको हो। मंगलबार साँझ उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो।