logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेपालको नयाँ राजनैतिक नक्सा आज सार्वजनिक हुने


अंकुरण खबर
975
Shares

कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा आज सार्वजनिक हुने भएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्न लागेको हो ।

मन्त्रिपरिषदले पारित गरेको नक्सा मुख्य सचिव लोकदर्शन रेग्मीले मंगलबार प्रमाणिकरण गरेका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई दार्चुला जिल्लाको व्यास गाउँपालिकामा समेटेर नक्सा प्रमाणीकरण गरिएको हो ।

नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको ३ सय ३५ वर्गकिलोमिटर नेपाली नक्सामा थप हुन लागेको हो ।

नक्सा सार्वजनिक गरेसँगै देशभर यसैलाई प्रयोगमा ल्याउने सरकारको तयारी छ । सोमबारको मन्त्रिपरिषद् बैठकले अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा जारी गर्ने निर्णय गरेको थियो ।