logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु भएको छैन, मृत्युको समाचार हल्लामात्र


अंकुरण खबर
949
Shares

क्रिमसन अस्पतालको आइसियुमा उपचार गराइरहेका गुल्मी मदाने पुर्कोटका कोभिड–१९ संक्रमित बिरामीको अवस्था गम्भिर रहेको छ।

विरामीको मृत्यु भएको बारे सञ्चारमाध्यममा समाचार प्रकाशन र प्रसारण भइरहे पनि उनी जिवितै रहेको र उपचार जारी रहेको पुष्टि भएको छ।

उनले मृत्यु भएको खबर सत्य नभएको पुष्टि गरे। उनले भने, सञ्चारमाध्यममा आएको समाचार गलत हो । संक्रमितको उपचार जारी छ। भर्खरै डाक्टरको टोली चेकअप गरेर निस्केको छ।

गुल्मीको मदाने गाउँपालिका पुर्कोट घर भएका उनी ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि जेठ १ गते अस्पतालमा भर्ना भएका थिए। उनलाई अस्पताल भर्ना भएको दिनदेखि नै आइसियूमा राखेर उपचार गरिरहेको छ।