logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोशी अस्पतालबाट थप ८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या ४५ पुग्यो


अंकुरण खबर
949
Shares

कोशी अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये थप आठजना निको भएका छन्‌।

उनीहरूलाई बुधबार डिस्चार्ज गरिएको हो। पाँचजना भारतीय नागरिक र तीनजना नेपाली नागरिक सहित आठजना निको भएर डिस्चार्ज गरिएको कोशी अस्पतालका मेडिसिन विभागका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिए।

उनका अनुसार आठ जनालाई स्थानीय मदरसाको क्वारेन्टाइनमा बस्नलाई आग्रह गरिएको छ। एकजना विराटनगरबासी पनि रहेको उनको भनाइ छ।

यससँगै केन्द्रबाट हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको छ । त्यस्तै देशभर निको हुनेको संख्या ४५ पुगेको छ ।